Logo

सिसडोलवासीले फोहोरमैला व्यवस्थापनलाई रो’क्ने चे’तावनी


सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् ।

समितिका संयोजक नवराज ढुंगानाले बिगत १५ बर्ष देखि फोहोर थुप्रीएर आतंक मच्चाई रहेको टिप्पणी गर्नुभयो । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी दिनुभयो ।

पत्रकार सम्मेलनमा शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिनुभयो । उहाले फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकाले यसको दीगो समाधानमा जोड दिनुभयो ।

समितिले १५ वर्षसम्म पनि फोहरको पहाड बनाई गाउँबस्ती नै दुषित वातावरण दुषित, मानव स्वास्थ दुषित जग्गा जमिन दुषित खोला दुषित यो फोहरको डाँडाबाट जनताले रोग र दुर्गन्ध भोगिरहेको भन्दै सरकारसँग प्रश्न गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्