Logo

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भयो


राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेश तिम्ल्सिीनाले हिउँदे अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताउनुभयो ।

राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । बैठकमा बिभिन्न सात अध्यादेश पेश भएका थिए भने बिभिन्न समितिका प्रतिवेदन पेश भएका थिए । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्