महाराजधिराजजस्तो एक्टिभ राष्ट्रपति चाहिएको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजधिराजजस्तो एक्टिभ राष्ट्रपति चाहिएको हो ? भन्दै प्रश्न गरेका छन् ।
राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसकी सांसद अनीता देवकोटाले राष्ट्रपतिलाई महाराज मान्नुपर्ने भन्दै उठाएको प्रश्नको जवाफमा ओलीले राष्ट्रपतिको काम प्रधानमन्त्रीले गरेको सिफारिसमा लाहाछाप लगाउने भएको बताए ।
‘‘प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहाछाप लगाउने हिसाबमा सेरमोनियल राष्ट्रपति राखेका छौं । के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई ? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने आफ्नै ढंगले राष्ट्रपति चाहियो हामीलाई ? महाराजधिराज जस्तो हुकुमी तामेल गर्ने राष्ट्रपति चाहियो हामीलाई, ओलीको प्रश्न थियो ।
सम्मानित संस्थाको रुपमा मर्यादाअनुसार चल्ने राष्ट्रपति चाहिएको बताए । राष्ट्रपतिप्रति पुरातनपन्थी सोचका मान्छेहरु, दलीय संकीर्णतको हिसाबले राष्ट्रपतिमाथि हिलो छाप्ने बताए ।