Logo

राजा आऊ देश बचाऊ नारा लागिरहेको अवस्थामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिन्न : देउवा


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने बताउनुभएको छ । आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा उहाले प्रतिनिधिसभा विघटनको मु’द्दा अदालतमा विचाराधीन रहेको भन्दै देउवाले सडकबाट दवाव दिन नहुने समेत बताउनुभयो ।

देउवाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने जिकिर गर्नुभयो । उहाले कदम असंवैधानिक नै भएको भन्दै आ’न्दोलनमा रहेको धारणा राख्नुभयो ।

उहाले नेपालको एकीकरणको बिषय निकै पुरानो भइसकेको बताउनुभयो । मुलुकमा राजा आऊ देश बचाऊको नारा लागिरहेको अवस्थामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन नसकिने उहाले स्पष्ट पार्नुभयो ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा कही पनि विघटन गर्ने ठाउ नै नराखिएको बताउनुभयो । उहाले काँग्रेस संसद पुर्नस्थापनाको पक्षमा आवाज लिएर सडकमा जाने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कांग्रेसका नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति देउवालाई अनुरोध गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्