Logo

सरकारलाई काम नै गर्न नदिएर ६-६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गर्न खोजियो : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न खोजेका छन् । राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा अस्थिरताको कारक बनेको औंल्याएका हुन् ।

उनले सरकारलाई काम नै गर्न नदिइको जिकिर गरे । “सरकारलाई काम नै गर्न दिइएन,” उनले भने, “प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो ।

त्यो हुन सकेन । ६-६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गर्न खोजियो,” उनले पुस ५ गते आफूले चालेको कदमको औचित्य पुष्टि गर्न खोजे । प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए । उनले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्