Logo

आदिवासी जनजाति भन्छन -‘अहिलेको राजनैतिक स’मस्याको जड एकल जातीय चि’न्तन हो ‘


नेपालका आदिवासी जनजाति समुदायका अगुवाहरुले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र स’मस्याहरुको प्रमुख जड एकल जातीय न’श्लवादी चिन्तन र व्यवहार भएको बताएका छन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे शनिबार आदिवासी समुदायका ३२ जना अगुवाहरुले संयुक्त वक्तव्य जारी गरी आफ्नाे धारणा सार्वजनिक गरेका छन् ।उनीहरुले अहिलेको संविधान ‘न’श्लवादी संविधान’ भएको र यही संविधानका कारण देशमा असहज राजनीतिक परिस्थितिको सिर्जना भएको ठहर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ ।

प्रचण्ड–माधव नेतृत्वको नेकपासहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आन्दोलन गरिरहेका छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावि’रोधी मानिएका प्रधानमन्त्री ओलीले सुनियोजित ढंगले प्रतिनिधिसभा विघटन गराएको बताइन्छ ।

प्रतिनिधिसभा विघटनले हिन्दुराष्ट्र र राजतन्त्र पक्षधर शक्तिहरु भने उत्साहित भएका छन् । हाल देशको महत्वपूर्ण राजनीतिक उपलब्धीहरु नै धरापमा परिरहेको बेला आदिवासी समुदायका अगुवाहरुले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीको प्रतिगामी चिन्तन र व्यवहारसँग होस्टेमा हैंसे गर्न प्रतिगामी प्रवृत्तिका मूलधारे मिडिया, समाजका वर्चश्वशाली बुद्धिजीवी, यथास्थितिवादी र प्रतिक्रियावादी राजनीतिक दल तथा देशीविदेशी शक्तिहरुले मद्दत गरेको वक्तव्यमा उल्लेख छ ।

तर, नेपालका आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, महिलालगायत उत्पीडितहरुको अधिकार प्राप्तिको संघर्षमा आफूहरु निरन्तर लागिरहने उनीहरुले घोषणा गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘हामी आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, सीमान्तकृत समुदायमाथि औपनिवेशिक शासकहरुबाट भइरहेको शो’षण, द’मन, उ’त्पीडन, अ’न्याय, वि’भेद र बहिष्करणको विरुद्धमा छौ र सबैको आधारभूत स्वतन्त्रताको पक्षमा छौ । जनताका यी अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्न हामी प्रतिवद्ध र दृढ छौ ।’

अमृत योञ्जन तामाङ, कुमार यात्रु तामाङ, डा. केशवमान शाक्य, कैलाश राई, डा. कृष्णराज सर्वहारी थारु, डा. कृष्ण भट्टचन, डा. चैतन्य सुब्बा, जनक राई, जितपाल किरात, टहल थामी, टासी टेवा, डा. टेक गुरुङ, डा. डम्बर चेम्जोङ, डा. तारामणि राई, नन्द कन्दङ्वा, प्रा.डा. नोवलकिशोर राई, बमकुमारी बुढा मगर, बालकृष्ण माबुहाङ, मल्ल के सुन्दर, प्रा.डा. महेन्द्र लावती, डा. मुक्तसिंह तामाङ, यशो कान्ति भट्टचन, रजनीमिला महर्जन, राजेन्द्र महर्जन, डा. विष्णु सिञ्जाली मगर, वेचन उराँव, शंकर लिम्बु, डा. सविन निङ्लेखु, सुनी लामा, सुप्रिया मानन्धर र डा. सुरेश तामाङले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्