Logo

ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै


प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भने उल्लेख गरिएको छैन। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै वि’रोध भैरहेको छ ।

प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग ती दलको छ।

प्रधानमन्त्री ओलीले भने विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना नहुने काठमाडौं र देशका विभिन्न भागमा भएका कार्यक्रममा पुगेर बताइरहेका छन्। उनले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा जारी गर्दा राष्ट्रिय सभामा बोलेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्