कम्युनिस्ट श’क्ति देशका लागि जहिले दु’र्भाग्य हो : नैनसिंह महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका कारण शक्तिपृथकीरणमै आँच आएको बताएका छन् । लामो राजनीतिक संघर्षपछि प्राप्त उपलब्धि सं’कटमा परेको भन्दै नेता महरले लोकतन्त्र र संविधानवादको संरक्षण नै अहिलेको चुनौती रहेको बताए ।
“अहिलेको अवस्था हेर्दा अदालत र सरकारसँग निरीह र अनुग्रही भएको त होइन भन्ने आशंका छ,” सिरहाको लहानमा आयोजित पार्टी कार्यकर्तासँगको भेटघाटमा महरले भने, “अदालतमा नपुग्नुपर्ने विषय पूगेको छ, यसले चेक एन्ड ब्यालेन्समा स’मस्या हुनसक्छ ।”
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका महरले मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी सर्वोच्च अदालतको काँधमा आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए ।
महरले भने, “सर्वोच्चको निर्णयमा जति दिन ढिलाइ हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि सं’कट थपिँदै जान्छ ।”कम्युनिस्ट शक्ति देशका लागि जहिले दु’र्भाग्य भएको आरोप लगाउँदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।
उनले भने, ‘‘कहिले जंगलमा बसेर देशमा ध्वंश मच्चाउने कहिले सत्ता र प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पुर्याउने नेपालमा कम्युनिस्ट शक्तिको विशेषता नै यही देखियो ।” नेता महरले अहिलेको अवस्थामा कांग्रेसले सुझबुझ नपुर्याए देशले थप क्षति बेहोर्नुपर्ने र व्यवस्थामाथिको सं’कट नटर्ने दाबीसमेत गरे ।