Logo

सीमावारि आएका चिनियाँ सैनिकलाई भारतले प’क्रियो


भारतीय सैनिकले लद्दाकको सीमामा वारि आएका चिनियाँ जनमुक्ति सेनाका एक जनालाई पक्राउ गरेको छ। पूर्वी लद्दाकको चुसुल सेक्टरबाट शुक्रबार ती सैनिकलाई पक्राउ गरिएको हो।

लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेपछि चिनियाँ सैनिकलाई समातिएको र उनीमाथि पुछताछ भइरहेको भारतीय सैनिक अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय सेनाले दोभाषेको सहायतामा उनी जा’सुसी मिसनमा सीमावारि आएका हुन् कि झुक्किएर भन्नेबारे सोधपुछ गरेको हो।

सोधपुछपछि उनलाई चिनियाँ सैनिकलाई जिम्मा लगाइने छ। यसअघि गत अक्टोबरमा पनि भारतीय सेनाले चिनियाँ सैनिकलाई पक्राउ गरेको थियो। गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृ’त्यु भएको थियो। सो झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले पछि रिहा गरेको थियो।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

सीमाका विषयमा सन् १९६२ मा यु’द्ध दुई देशबीच यु’द्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले ह’तियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झ’डपका घटना भइरहन्छन्।

एजेन्सी,नयाँदिल्ली

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्