Logo

संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले संसद वि’घट’न गरेको हो : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशहरूले गरेको टिप्पणी अदालतलाई गुमराहमा राख्ने गरिए आएको बताउनुभएको छ ।

शनिबार राष्ट्रिय युवा संघले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाले पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई ध’म्क्याउने, अलमल्याउने र गुमराहमा पार्न खोजेको आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले एकपटक अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने तर्क गर्नुभयो । स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्ने भन्दै उहाले न्याय, संविधानका कुरा सडकबाट गर्न नमिल्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले संसद विघटन संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद विघटनको सिफारिस गरेको तर्क गर्नुभयो । संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले संसद विघटन गरेकाले आगामी वैशाखका लागि घोषणा गरेको निर्वाचन हुने ओलीले बताउनुभयो ।

आफुलाई पार्टीबाट निकालेको भन्नु मच्छरले हात्ती खाएजस्तो मात्र भएको उहाले बताउनुभयो । उहाले सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा अर्को पक्ष जानु हास्यास्पद भएको भन्दै ओलीले सूर्य चिन्हलाई कसैले खोस्न नसक्ने तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशमा अस्थीरता ल्याउन खोज्नेहरुका सपना संसद बिघटनपछि चकनाचूर भएको बताउनुभयो । कार्यक्रममा नेकपा नेता महेश बस्नेतले अराजकताबिरुद्ध साइबर सेना परिचालन गर्ने चेतावनी दिनुभयो । उहाले सूर्य चिन्ह आफुहरुको भएको भन्दै आखा नलगाउन पनि चेतावनी दिनुभयो

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्