Logo

लोकतन्त्रलाई मजबुद बनाउन ताजा जनादेशमा जान लागेको हो: पार्वत गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले लोकतन्त्रलाई थप मजबुद बनाउन ताजा जनादेशमा जान लागेको बताउनुभएको छ । शनिबार नेपाल बिज्ञापन संघको २१ औ साधारणसभा उहाले राजनीतिक परितर्वनबाट मुलुकलाइ कुनै असर नपर्ने भन्र्दै ताजा जनादेशले लोकतन्त्रलाई थप मजबुद बनाउने बताउनुभएको हो ।

उहाले नेपालको सरकारलाई कमजोर बनाउने प्रयन्तबाट जोगिदै राष्ट्रलाई एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाले बिज्ञापन क्षेत्रलाई बिस्तृत र सहज बनाउन सरकार प्रतिवद्ध रहेको धारणा पनि राख्नुभयो । मन्त्री गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिनुभयो ।

त्यस्तै उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चाडै बिज्ञापन नीति बनाएर यस क्षेत्रलाई मजबुद बनाउनुपर्ने जिकिर गर्नुभयो । साधारणसभाले आगामी तीन वर्षको कार्यकालका लागि सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्