Logo

देशमा कम्युनिष्ट शा’सनबाट मु’क्ति पाउनभए पनि निर्वाचनमा जानु पर्दछ : शेरबहादुर देउवा


नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले अदालतले जुन निर्णय गरे पनि मान्नुपर्ने बताएका हुन्।

अदालतमा विचाराधीन मुद्दामा जुलुस निकालेर दबाव सिर्जना गर्न नहुने उनको भनाइ छ।  जुलुसको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्‍याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए। जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता भएकाले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाइ छ।

देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताकोमा जानुपर्ने उनले बताए। अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाइ छ।

‘निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्छ’, उनले भने। प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उनले निर्वाचन हुने विश्वास व्यक्त गरे। निर्वाचनमा सबै राजनीतिक दलले भाग लिने पनि उनको भनाइ छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्