Logo

प्रचण्डसँगको संगतले भीम रावलले बैंक खाता लु’ट्न सिकेछन् : महेश बस्नेत


नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्डसँगको संगतले नेता भीम रावलले बैंक खाता लुट्न सिकेको टिप्पणी गरेको छन् । “केपी ओलीको संगत गर्दा पीएचडी गरेका थिए । प्रचण्डसँगको संगतले भीम रावलले बैंक खाता लुट्न सिकेछन्,” बस्नेतले भने ।

युवा संघ नेपालको शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बस्नेतले सूर्य चुनाव चिह्न लिने भए ओली समूहमा फर्किन आग्रह गरेका छन् । ओली समूह आधिकारिक नेकपा भएको दाबी गर्दै उनले नफर्किने भए स्वतन्त्र वाम बनेर चुनाव लड्न प्रचण्ड र माधव नेपाललाई सुझावसमेत दिए ।

नेकपाका दुबै समूहले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै सूर्य चुनाव चिह्न आफ्नो भएको बताउँदै आएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्