Logo

प्रधानमन्त्री ओलीको शैली ’श्री ५ ’ महाराजको जस्तो : डा. गोविन्द केसी


चिकित्सक क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको निरंकुश सरकार नचाहिने बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक अगुवाहरुले शनिबार काठमाडौंमा आयोजना गरेको बिरो’ध प्रदर्शनमा सहभागी हुन पुगेका डा. केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको समेत बताउनुभयो ।

उहाले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ’श्री ७’ महाराजको जस्तो भएको टिप्पणी गर्नुभयो । डा. केसीले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने जिकिर गर्नुभयो ।

संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आश रहेको डा. केसीले बताउनुभयो । कार्यक्रममा नागरिक अगुवाहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नागरिक सचेत हुनुपर्ने बेला आएको धारणा राख्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्