Logo

नदीमा फोहोर फाल्ने, ढल मिसाउनेलाई कानूनी का’रबाही हुनेगरी कानून निर्माण हुनुपर्छ


बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम गरी मनाइएको छ । २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वागमती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो ।

‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’ नारा दिएर वागमती सफाई अभियान शुरु भएको थियो । आज (शनिबार) फोहोरमैला व्यवस्थापन संघले वागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा वागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै सरकारले वागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सहभागि कलाकार मनिसा कोइरालाले सबै नागरिकहरुलाई वागमती सफाइमा लाग्न आग्रह गरिन् । नदीमा मिसाइदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्नेमा उनको जोड छ ।

कलाकार आनी छोइङ डोल्माले शरीरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन् । वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्