पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कंदै

पत्नी सीता दाहालको उपचारका लागि भारत गएका नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन्।
प्रचण्ड आज दिउँसो काठमाडौं फर्कने उनको सचिवालयले जनाएको हो। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड पुस २० मा भारत गएका थिए।
सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो।