कांग्रेस आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्र’दर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले शनिबार देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ। सरकारको संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको हो।
दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्-आज ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन ! संसद विघटनको असंवैधानिक कदमका विरूद्ध जुटौं , लोकतान्त्रिक संविधान रक्षाका लागि उठौं l