Logo

पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको हो : भीम रावल


नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप लगाउनुभएको छ । शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको आरोप लगाउनुभएको हो ।

रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत बताउनुभयो । र’अका प्रमुखसंग मध्यरातमा भेटर प्रधानमन्त्री ओली घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी उहाले गर्नुभयो । उहाले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने समेत बताउनुभयो ।

रावलले केपी ओलीका ब्यङ्ग्य उहामाथी प्रहार हुँदा दया लाग्ने गरेको तर्क गर्नुभयो । उहाले नेपाली जनताको रगत र पसिनाबाट बनेको संविधानको रक्षाका लागी आन्दोलन गर्नुपरेको जिकिर गर्नुभयो ।

फरक प्रसंगमा उहाले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको बताउनुभयो । ३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उहाको भनाई छ ।

आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पार्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्