Logo

प्रतिनिधि सभा फर्किंदैन आगामी चुनावबाट नयाँ प्रतिनिधि सभा आउँछ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गालीगलौजमा नलागी कृषिमा आधुनिकीकरणमा लाग्ने बताएका छन्। पछिल्लो राजनीतिक घटनाक्रममा सिर्जित अवस्थामा केही राजनीतिमा लागेकाहरू गालीगलौजमा उत्रिएको भन्दै उनले आफू वि’वादपट्टि नलागी वन संरक्षणमा लाग्ने बताएका हुन्।

धनगढीमा ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको सभामा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘केन्द्रीय कमिटी बैठकमा नगएर बाटोमा बसेर हामी यहाँ छौं भनेका छन्,’ उनले भने,‘गालीगलौज गरेर हिँड्या छन्। हामीलाई गालीगलौज गर्ने फुर्सद छैन। कृषिमा आधुनिकीकरण गर्नुछ। यहाँका वनहरूलाई बगैंचा बनाउनु छ।’

पहाडको उत्पादन डोकोमा होइन ट्रयाक्टरमा बोक्ने  वातावरण बनाउने उनले बताए।  रोजगारीका लागि भारतमा होइन देशमै अवसर बनाउने प्रधानमन्त्री ओलीको तर्क छ।

‘हरेक नेपालीले शिक्षा र स्वास्थ्य नि:शुल्क पाउनुपर्छ। त्यसमा लागेका छौं। कृषि प्रधान र हराभरा देशमा अरू देशबाट किनेर खानुपर्ने बाध्यता हटाउनतर्फ हामी लागेका छौं,’ उनले भने। यसैगरी उनले तोकिएकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्।

‘चुनावका लागि भनेर दुई दिन सिफारिस गरिएको छ। त्यसैअनुरूप निर्वाचन आयोग तयारीमा लागेको छ। साथीहरू ढुक्क हुनुहोस्, तयारीमा लाग्नुहोस्,’ उनले भने। उनले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताए। ‘प्रतिनिधि सभा फर्किंदैन आगामी चुनावबाट नयाँ प्रतिनिधि सभा आउँछ,’ उनले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्