Logo

हामीलाई उहाँहरूसँगै गा’लीगलौ’ज गर्न, दन्तबझान गर्ने फुर्सद छैन : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले गालीगलौज गर्ने फुर्सद नभएको बताएका छन् । देश बनाउने सरकारको प्राथमिकता भएको उनको भनाइ थियो । पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनि कार्यक्रमलाई सम्बोधन गर्न धनगढी पुगेका ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको पनि बताए ।

“बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ,” उनले थपे । उनले सरकार मुलुक बनाउन लागि परेको, विकास, निर्माणका लागि स्रोतको व्यवस्थापन गरिरहेको बताए ।

विकास निर्माणका लागि बजेटको खाँचो हुन नदिने पनि बताए । सुदूरपश्चिम प्रदेशका नागरिकहरू रोजगारी खोज्दै उत्तराखण्डलगायत भारतका विभिन्न ठाउँमा जानुपर्ने अवस्था अन्त्य गर्न सरकार लागिपरेको पनि बताए । उनले मोटरबाटोले नजोडेको हुम्लालाई पनि सडकसञ्जालबाट विमुख हुन नदिइने जिकिर गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्