Logo

विवेकशील पार्टीले संसद वि’घटन खारेज गर्न माग गर्दै ऐना देखाएर प्र’दर्शन (भिडियो सहित )


विवेकशील पार्टीले संसद विघटन खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघरमा संसद बि’घटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलुक थप सं’कटमा परेकाले ऐना देखाएर प्रदर्शन गरिएको विवेकशिलका नेता शशिबिक्रम कार्कीले बताउनुभयो । नेताहरु रिसराग भरिपूर्व व्यहार र पार्टीको गुट भित्रको निष्कृष्ट व्यहारका कारण मुलुकलाई अप्ठेरोमा पार्न नहुने भन्दै नेताहरुले एक पटक आ–आफ्नो अनुहार ऐनामा हेरुन भन्ने उदेश्यले ऐनासहित प्रदर्शन गरिएको उहाले बताउनुभयो ।

सो पार्टीले संसद बिघटनको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलनलाई निरन्रता दिने जनाएको छ । उनीहरुले लगाएत १८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्