Logo

जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री ओलीलाई संविधान बुझाउँदै


विभाजित अनेरास्ववियूले शुक्रबार देशभरका प्रमुख जिल्ला अधिकारीलाई संविधान बुझाउँदै छ । प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान बुझाउन लागिएको अनेरास्ववियूका संयोजक रञ्जित तामाङले जानकारी दिए ।

प्रधानमन्त्रीले आफ्नो संविधान पढेर संसद् विघटनको सिफारिस गरेको आरोप लगाउँदै तामाङले मुलुकको संविधान पढ्न आग्रह गर्दै वि’रोधको यस्तो तरिका अपनाइएको बताए ।

“प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने सिफारिस गर्ने र राष्ट्रपतिको त्यसलाई सदर गर्ने कदमको विरोधस्वरूप प्रमुख जिल्ला अधिकारीलाई संविधान बुझाउन लागिएको हो,” अनेरास्ववियूकी नेतृ आरती लामाले बाह्रखरीसँग भनिन् ।

काठमाडौँमा बिहान साढे ११ बजे प्रमुख जिल्ला अधिकारीलाई संविधान बुझाइने उनको भनाइ थियो । अनेरास्ववियूले शनिबार सडक बहसको कार्यक्रम राखेको छ । त्यस्तै, आइतबार प्रधानमन्त्रीले गणतन्त्र नै मास्न उद्दत रहेको भन्दै प्रतीकात्मक आन्दोलनस्वरूप बयलगाढा प्रदर्शन गरिने पनि उनले जानकारी दिइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्