Logo

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थलमा मुख्यमन्त्री, मन्त्री कोही नजाने


सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न विमानस्थलमा नजाने भएका छन्। प्रचण्ड-नेपाल पक्षका नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने ओलीलाई स्वागत गर्न कोही नजाने बताए।

‘ओलीका केही मतियार गए जान सक्छन्।  मुख्यमन्त्री, मन्त्री कोही जाँदैनन्,’ सोडारीले  भने। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा विभाजनमा प्रचण्ड-नेपाल समूहमा छन्। प्रचण्ड-नेपाल समूहले ओलीलाई लक्षित गरी प्रदर्शन गर्ने योजना बनाएका छन्।

‘उनीहरूले आमसभा गरे गरून्, हामी केही भन्दैनौं तर ओलीको असंवैधानिक कदमका विरुद्ध पु’त्ला ज’लाउने, टायर बाल्ने र प्र’दर्शन गर्ने काममा युवाहरू स्वत:स्फुर्त जान सक्छन्,’ सोडारीले भने।

ओली समूहले आमसभा भने पनि उनको कार्यक्रममा दुई हजार मान्छे पनि नआउने उनको दाबी छ। ‘सार्वजनिक ठाउँमा जम्मा हुने आँट नभएर सुरक्षाकर्मीको घेरामा मञ्च बनाएर कुनामा कार्यक्रम गर्दैछन्,’ उनले भने।

यसअघि उद्योग मन्त्री लेखराज भट्ट धनगढी जाँदा पनि मुख्यमन्त्री त्रिलोचन भट्ट उनको स्वागतमा आएका थिएनन्।  पछि भट्टले सार्वजनिक रूपमै मुख्यमन्त्रीले आफूलाई स्वागत नगरेको बताएका थिए। प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेका हुन्।

प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। हुस्सु र कुहिरो लागेकाले उनको उडान भने डिले भएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्