Logo

बर्डफ्लुको उच्च जो’खिममा नेपाल,चिसोमा यो भा’इरस छिटो सर्ने भएकाले उच्च शतर्कता अपनाउन आग्रह


छिमेकी राष्ट्र भारतका विभिन्न राज्यमा बर्डफ्लु देखिएको छ। उक्त सं’क्रामक रो’ग नेपालमा भित्रिन नदिन कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत पशु सेवा विभागले भारतबाट जीवित पंक्षी, मासु अण्डा तथा पशुजन्य अप्रशोधित पदार्थहरू भित्र्याउन रोक लगाएको छ। विभागले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ११ बमोजिम यो निर्णय गरेको हो।

भारतबाट त्यस्ता पशुजन्य पदार्थ आयात हुन नदिन ८ वटा पशु क्वारेन्टाइन र २४ वटा चेकपोस्ट कार्यालयलाई उच्च शतर्कता अपनाउन समेत पत्रचार गरेको पशु सेवा विभागका सूचना अधिकारीले जानकारी दिए।

‘नेपालमा जीवित पशुपंक्षी, अण्डा तथा मासु ल्याउन प्रतिबन्ध छ। तर खुला सीमा भएकाले भित्रिन सक्ने अनुमान गर्दै हामीले उच्च शतर्कता अपनाउन हाम्रा कार्यालयलाई पत्राचार गरेका छौं,’ उनले भने। भारतबाट आएका पशु तथा पशुजन्य पदार्थ भेटिए नष्ट गरिने पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए।

‘अन्य देशबाट आएकालाई हामी क्वारेन्टाइनमा जाँच गर्छौं। तर भारतबाट आएकालाई सिधै नष्ट गर्छौं,’ उनले भने। भारतबाट पशुजन्य पदार्थ आयात नगर्न व्यवसायीलाई सूचित गरिएको उनको भनाइ छ। भारतको हरियाणा, केरला, हिमाञ्चल, मध्य प्रदेश, राजस्थान लगायत विभिन्न राज्यमा बर्डफ्लु देखिएको छ। यस कारण विशेषगरी हाम्रो तराई भेग उच्च जोखिममा रहेको पशु सेवा विभागका सहसचिव विमल कुमार निर्मलको भनाइ छ।

उनका अनुसार तराईका २४ वटै जिल्ला बर्डफ्लुको उच्च जोखिममा छन्। सबभन्दा बढी कुखुरा उत्पादन प्रदेश ३ मा हुन्छ। अहिले यो महिनामा साइबेरियाबाट धेरै पंक्षीहरू आउँछन्। ती जंगली पंक्षीमा पनि बर्डफ्लु हुन सक्छ। त्यसैले जहाँ जहाँ कुखुरा म’रेका छन्, त्यहाँबाट नमूना ल्याएर जाँच गरिरहेको उनले बताए।

अहिलेसम्म हामीकहाँ बर्डफ्लु नदेखिएको उनको भनाइ छ। ‘हामीले चितवन, मकवानपुर, कास्की, काठमाडौं गरी चार जिल्लाबाट ६२ वटा मरेका कुखुराको नमूना ल्याएर जाँचेका थियौं। सबैमा बर्डफ्लु नेगेटिभ आएको छ,’ विभागका सहसचिव निर्मलले भने।

अहिलेका सबै नमूनाको जाँच काठमाडौं, त्रिपुरेश्वरस्थित केन्द्रीय भेटेरिनरी प्रयोगशाला भएको हो। नेपालमा प्रदेश नम्बर पाँचमा बाहेक सबैमा एक-एक वटा भेटेरिनरी प्रयोगशाला छन्। तर हाल कोरोना जाँच गर्न भनेर विराटनगर, जनकपुर, चितवन, सुर्खेत र धनगढीका भेटेरिनरी प्रयोगशाला स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।

यदि कतै बर्डफ्लु देखियो भने प्रदेशमै जाँच गर्नुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयसँग यी भेटेरिनरी प्रयोगशाला माग्नु पर्ने पनि उनले बताए। ‘विश्व स्वास्थ्य संगठनअन्तर्गतको खाद्य एवं कृषि संगठन (एफएओ) सँग मिलेर प्रयोगशाला सुदृढीकरण गर्ने विषयमा समेत छलफल भइरहेको छ,’ उनले भने।

आन्तरिक रूपमा हुने पशुजन्य पदार्थ ओसारपसार गर्दा पनि पशु स्वास्थ्य प्रमाण-पत्र अनिवार्य चाहिने उनले बताए। जस्तै चितवनबाट काठमाडौं ल्याउनु परे स्थानीय तहबाट तोकिएका भेटेरिनरीबाट रोग नभएको प्रमाणित गरी ल्याउनुपर्नेछ। यदि त्यो लटमा बर्डफ्लु भेटिए भेटेरिनरीलाई कारवाही हुने पनि उनले जानकारी दिए।

यस्तै कहीँ कतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने मन्त्रालयलाई जानकारी दिन सहसचिव निर्मलले आग्रह गरे। सरकारको ‘बर्डफ्लु नियन्त्रण आदेश’ अनुसार प्रदेश तथा स्थानीय निकायसँग छलफल गरिनेछ। उनका अनुसार वर्डफ्लु जाँचका लागि त्रिपिरेश्वरको प्रयोगशालामा दुई हजारभन्दा बढी र्‍यापिड किट मौज्दात छ। यो भाइरस देखिएपछि मान्छेलाई पनि असर गर्ने भएकाले जुन फार्ममा देखिएको हो, त्यहाँका जीवित तथा मरेका, दुवै खाले पंक्षी नष्ट गर्नुपर्छ।

यो भाइरस विश्वमा जंगली पंक्षी, सोतर (मल), चराजात, विरालो र हाँस, कुखरामा धेरै देखिएको छ। तर अहिले नै आत्तिनुपर्ने अवस्था नभएकाले पंक्षीजन्य मासु खान डराउन नपर्ने उनको भनाइ छ। ‘यो भाइरस ७० डिग्री तापक्रममा मर्छ। हामीले सय डिग्रीमा पकाउने भएकाले पकाएर भने खान मिल्छ,’ निर्मलले भने। तर चिसोमा बर्डफ्लुको भाइरस छिटो सर्ने भएकाले उच्च शतर्कता अपनाउनु पर्ने उनको भनाइ छ।

गत वैशाखमा पनि हामीकहाँ बर्डफ्लु देखिएको थियो। थोरै मात्रामा देखिएकाले त्यो बेला सहजै नियन्त्रण भएको थियो। तर २०६५ सालमा बर्डफ्लु महामारीकै रूपमा फैलिएको थियो। बर्डफ्लु इन्फ्लुएन्जा ए नाम गरेको एक प्रकारको विषाणुको माध्यमबाट पंक्षीहरूमा लाग्ने रो’ग हो। यसबाट विशेष गरी कुखुरा, बट्टाइ, टर्की जस्ता पंक्षी बढी प्रभावित हुन्छन्। हाँस, जंगली चराहरू रोगको लक्षण नदेखाइ पनि रोगवाहकका रूपमा देखा पर्न सक्छन्। चराहरूमा यो रोग सर्वप्रथम सन् १८७८ मा पहिचान भएको थियो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्