Logo

ट्रक अ’नियन्त्रित हुँदा इलाममा एकको ज्या’न गयो


इलाम  माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दु’र्घटना हुँदा एकको ज्या’न गएको छ ।

ज्या’न गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा नि’धन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दु’र्घटना भएको थियो ।

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्