पोर्चुगलको राजधानी लिस्बनमा एक नेपालीले गरे आ’त्मह’त्या

बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हामफालेर आत्मह’त्या गरेका छन् ।
पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुसी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफाल्दा घटनास्थलमै मृ’त्यु भएको हो ।
एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्मह’त्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ ।
त्यसैगरी, कोरोनाका कारण सोलुखुम्बु घर भई विगत एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निध’न भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अंग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ । रासस