Logo

प्रधानमन्त्री ओली पार्टी विभाजन भएपश्चात् पहिलोपल्ट उपत्यकाबाहिरको कार्यक्रममा भाग लिँदै


प्रधानमन्त्री केपी शर्मा ओली पार्टी विभाजन भएपश्चात् पहिलोपल्ट उपत्यकाबाहिरको कार्यक्रममा भाग लिँदैछन् । प्रधानमन्त्री ओली विभाजित नेकपाको आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन धनगढी जान लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली मध्याह्न १२ गते धनगढी जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ७ को अवस्था देखाउँदै प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि डेढवर्षदेखि आन्तरिक किचलोमा रुमलिएको नेकपा अन्ततः विभाजित भएको थियो ।

पार्टीले विभाजनको बाटो रोजेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र ओली समूहबीच कार्यक्रमको प्रतिस्पर्धा चलेको छ । सरकारका मन्त्रीहरू पनि पार्टीका कार्यक्रममा नै व्यस्त हुन थालेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रदेश नम्बर २ का विभिन्न भेलालाई सम्बोधन गरेर काठमाडौं फर्र्किका छन् । अरू मन्त्रीहरू पनि उपत्यका बाहिरकै कार्यक्रममा व्यस्त छन् । धनगढीको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री आफैँ जान लागेका हुन् ।

उता, विभाजित अर्को समूह भने राजनीतिक दल, नागरिक अगुवा, बुद्धिजीवी समुदाय आदिसँग अन्तरक्रिया गर्दै आ’न्दोलनको आधार तयार पारिरहेको छ । उसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक, प्रतिगामीको दर्जा दिँदै दोस्रो चरणको आ’न्दोलनसमेत घोषणा गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्