Logo

गणतन्त्र क’म’जोर भएको बहानामा देशलाई राजतन्त्र र हिन्दु राष्ट्रमा फर्कन नसकिने : चित्रबहादुर केसी


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री  केपी शर्मा ओलीले भारतको इशारामा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्। बिहीबार दाङको घोराहीमा उक्त पार्टीले आयोजना गरेको विरोध सभालाई  सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो हातबाट सत्ता गुम्ने ख’तरा देखेपछि भारतको इशारामा संसद नै विघटन गरे।’

प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई नै सं’कटमा फसाउने काम गरेको भन्दै रोष प्रकट गरे। संसद पुनर्स्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत उनले प्रधानमनन्त्रीसँग आग्रह गरे।

वर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको भन्दै उनले रोष प्रकट गरे। प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरे पनि अझै चर्को बोलेको सुन्दा उनको चरित्र उदांगो भएको अध्यक्ष केसीले बताए।

अध्यक्ष केसीले विगतमा पटक/पटक बहुमत प्राप्त गरेका सरकारहरू ढाल्ने काम प्रधानमन्त्रीबाटै भएकाले पछिल्लो पटक २०७२ सालमा संविधान निर्माण गर्दा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने गरी कानुन निर्माण गरिएको भए पनि त्यसलाई समेत पंगु बनाएर ओलीले असली स्वरूप देखाएको बताए।

नेकपा भित्रको सत्तास्वार्थको उपद्रोका कारण देश सं’कटमा पर्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे। तर, उनले गणतन्त्र कमजोर भएको बहानामा देशलाई राजतन्त्र र हिन्दु राष्ट्रमा फर्कन नसकिने स्पष्ट पारे। हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा भएको आन्दोलन कुनै पनि हालतमा सफल नहुने उनले ठोकुवा गरे। त्यस्तै, उनले संघीयता खारेजीको माग पनि गरे।

वर्तमान सरकारले भ्र’ष्टाचारीहरुको संरक्षण गरेर देशमा भ्र’ष्टाचारलाई संस्थागत गर्ने काम गरेको आरोप उनको छ। कार्यक्रममा उक्त पार्टीका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली र नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले देशलाई सं’कटबाट बचाउन असंवैधानिक कदमलाई सच्याउँदै विघटित संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्