Logo

संसद विघटन वि’रुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुको आ’न्दोलन


संसद विघटन विरुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले काठमाडौंको नयाँबानेश्वरस्थीत नि’षेधीत क्षेत्रमा प्रधानमन्त्रीको पु’त्ला दहन गरेका छन् ।

संसद विघटनवि’रुद्ध चरणवद्ध आ’न्दोलनको घोषणा गरेका अखिल आवद्ध विद्यार्थीहरुले बानेश्वरमा प्रधानमन्त्रीको पु’त्ला दहन गरेका हुन् ।

मिनभवनको कमर्श क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर उनीहरुले पुत्ला दहन गरेका थिए । विद्यार्थीहरुले पु’त्ला दहन गर्ने बित्तिकै प्रहरीले ह’स्तक्षेप गरेको थियो । त्यस लगत्तै उनीहरुले क्याम्पसबाहिर पनि प्रधानमन्त्रीको पु’त्ला दहन गरेका थिए ।

भिडियो हेर्नुहोस :

 

त्यस्तै बिहीबार नै काठमाडौंको प्रदर्शनीमार्ग पनि बिद्यार्थीहरुले प्रधानमन्त्रीको पु’त्ला दहन गरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रदर्शन गर्दै उनीहरुले प्रदर्शनीमार्गमा पु’त्ला दहन गरेका थिए ।

सो क्रममा प्रहरीले ह’स्तक्षेप गरेको थियो । प्रदर्शनमा बिद्यार्थीहरुले संसद बि’घटन असंवैधानिक भएको भन्दै निरन्तर आ’न्दोलन गर्ने बताएका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्