Logo

संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने – राजेन्द्र महतो


काठमाण्डौ- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताउनुभएको छ ।

संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उहाले बताउनुभयो ।

रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौमा गरेको साक्षात्कारमा महत्ताले संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताउनुभयो ।

भिडियो हेर्नुहोस :

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो । देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै सबै जनताले आफ्नो ठान्न नसकेको बताउनुभयो ।

देशमा सातवटा संविधान बनाइसकिएको र पटक पटक कू भएको महतोको भनाई थियो । प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाउनुभयो ।

उहाले चुनावले समस्याको समाधान गर्न नसक्ने धारणा पनि राख्नुभयो । आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्