ट्रम्पले २० जनवरीमा शान्तिपूर्ण तरिकाले स’त्ता हस्तान्तरण गर्दै

अमेरिकी संसदले जो बाइडेन ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकारेका छैनन्। संसदको निर्णयपछि विज्ञप्ति जारी गर्दै उनले २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका हुन्।
‘म यो चुनावको परिणामसँग पूर्ण रूपमा असमहत भए पनि २० जनवरीमा शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण हुनेछ,’ ट्रम्पले भनेका छन्,’मैले पहिलादेखि नै भन्दै आएको छु वैधानिक मतमात्र गणना हुने सुनिश्चित गर्न हाम्रो ल’डाइँ जारी रहनेछ।’
ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्त्य भए पनि अमेरिकालाई फेरि महान् बनाउने अभियानको यो सुरूआत भएको बताएका छन्।
एजेन्सी