Logo

चन्द ‘विप्लव’ समूहका चार जना प’क्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका चार जना काठमाडौंबाट प’क्राउ परेका छन्। मंगलबार साँझ चार जनालाई प्रहरीले प’क्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले बताए।

प’क्राउ पर्नेमा भिमसेन घिमिरे, हरिबहादुर चन्द, रामकुमार अधिकारी र विरेन्द्र शाही छन्। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट प’क्राउ गरेको विष्टले जानकारी दिए।

उनीहरूलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको डिएसपी बिष्टले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्