Logo

गणतन्त्र पूरा भए पनि सबै कम्युनिष्ट एक भईसकेको छैन : वामदेव गौतम


नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले भने- मलाई राष्ट्रिय सभामा मनोनित गर्नु हुने राष्ट्रपति, प्रधानमन्त्री र त्यसबेलाका पार्टी सम्पूर्ण नेताहरूलाई धन्यवाद दिनुपर्छ।

भिडियो हेर्नुहोस :

उनले आफू पहिलो पटक उपस्थित भएकाले यहाँको प्रक्रियामा पनि अलमलिएको बताए। आज म खुसी हुनु पर्ने हो तर छैन,’ उनले भने।  गौतमले गणतन्त्र नेपालको स्थापना र नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने दुइटा उद्देश्य रहेको पनि बताए।

गणतन्त्र पूरा भए पनि सबै कम्युनिष्ट एक भइनसकेको उनको भनाइ छ। एमाले र माओवादी मिल्दा कम्युनिष्ट एक भएको भन्दै आफू खुसी भएको पनि उनले बताएका छन्।उनले आफ्नो घरमा बा-आमा र आफन्त कांग्रेस रहे पनि आफू कम्युनिष्टमा सक्रिय रहेको उल्लेख गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्