वासिंटनमा थप १५ दिनसम्म क’र्फ्यु घोष’णा

वासिंटन । अमेरिकी राजधानीका मेयरले वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आ’पत्काल जारी हुने बताएका छन् ।
मेयर म्युरिअल बोसरले भनेका छन्, “धेरै मानिस यहाँ ह’तियारसहित हिं’सामा संलग्न हुन र वि’नाशकारी गतिविधिका लागि आइरहेका छन् । उनीहरुले केमिकलदेखि इँटा, बोतल, बन्दुक सबै फालिरहेका छन् । र तिनको लक्ष्य अझै यसलाई जारी राख्नेछ । ”
यो आ’पत्काल घोषणापछि सहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा क’र्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आ’पत्कालीन कार्यको तयारी पनि गरिनेछ ।
यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ । सहरमा अहिले पनि क’र्फ्यु जारी छ । दर्जनौँ मानिसलाई यसको उ’ल्लंघनको अभियोगमा प’क्राउ गरिएको छ ।