Logo

को’रोनाका कारण बेलायतमा एकैदिन हजाररौको मृ’त्यु


बीबीसी । बेलायतमा एकैदिन एक हजार ४१ जना कोरोनाका बिरामीको मृ’त्यु भएको छ । जुन अप्रिलपछिको सबैभन्दा ठूलो दैनिक मृ’त्यु रेकर्ड रहेको बताइएको छ । ठूलो स्तरमा कोरोना परीक्षण सञ्चालन गरिएदेखि एकदिनमै ६२ हजार बढी नयाँ संक्रमण फेला परेको पनि यो पहिलोपटक भएको बताइएको छ ।

यसबारेमा स्वास्थ्यसचिव म्याट हेनककले बढ्दो नयाँ संक्रमण दरका कारण डाक्टरहरु उपचार विधिमा सम्झौता गर्न बाध्य हुनुपर्ने अवस्था आएको बताएका छन् । यसमा विशेषगरी अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या गत अप्रिलमा कोरोना उच्च विन्दुमा हुँदाको तुलनामा अहिले ३९ प्रतिशतले वृद्धि भएको पनि उनले बताए ।

त्यसैगरी, कोरोना पोजेटिभ भएको २८ दिनभित्रमा मृ’त्यु हुने बिरामीको सङ्ख्या पनि पहिलेभन्दा बढी रहेको बताइएको छ । यसमा विज्ञहरुले अहिलेको बढ्दो दैनिक मृ’त्युदर र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या चि’न्ताजनक भएको बताइरहेका छन् ।

प्रोफेसर हेवार्डका अनुसार सरकारले लकडाउनका नियमहरु अपनाएसँगै मृ’त्युको सङ्ख्या विस्तारै कम हुँदै जानसक्छ । तर, पूर्ण नियन्त्रणमा ल्याउन अझै केही समय लाग्नेछ । उनले यसमा सरकारले उपयुक्त कदम उठाउनमा ढिलाइ गरे, परिणामस्वरुप डाक्टरहरु, ‘कसको उपचार गर्ने अनि कसलाई छाड्ने’ भन्ने छनोट गर्न बाध्य हुने अवस्थामा पुग्नेछन् । वेस्ट मिडल्यान्ड्स एम्बुलेन्स सर्भिसका अनुसार सोमबार कम्पनीको इतिहासकै सबैभन्दा व्यस्त दिन थियो । जसमा उनीहरुले पाँच हजार बढी ‘इमरजेन्सी कल’ प्राप्त गरेका हुन् ।

यति बेला बेलायतभर भाइरससम्बन्धी अत्यन्तै कडा नियम लागु गरिएको छ । जसमा वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डका समेत अधिकांश भूभागमा लकडाउन जारी छ । उता, खोपसम्बन्धी काम गरिरहेका मन्त्री नादिम जहवीले सरकारको लक्ष्य पूरा गर्न सकिनेमा विश्वास जनाएका हुन् र खोप कार्यक्रममा सामुदायिक फार्मेसीलाई पनि सहभागी गराइएको हुँदा धेरै मद्दत मिल्ने बताएका छन् । सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएअनुसार बेलायतभर १३ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्