Logo

आ’न्दोलन गर्ने समय सकियो भनेर बारम्बार भन्दै प्रचण्ड र नेपाल नै सडकमा आइपुगे : सीपी गजुरेल


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने कदमविरुद्ध दलहरू आ’न्दोलित भएका छन् । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो चरणको आ’न्दोलनमा प्रवेश गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरू पनि आ’न्दोलित हुँदै छन् ।

यसैबीच दलहरू साझा आ’न्दोलनको कसरत पनि गर्दै छन् । नेकपाले यसको प्रयास गरिरहेको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौं नयाँ बानेश्वरमा रहेको इन्द्रेणी फुडल्यान्डमा सबै दल निम्त्याएर अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेस नेता मीनेन्द्र रिजालले छेडखानी गरे । उनले सबै दलहरूलाई विगततिर दृष्टिगोचर गर्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेर संविधानको पाङ्ग्रा भत्काउने काम गरेको टिप्पणी गरेका थिए । यसो भनिरहँदा सबै दल आफ्नो विगततिर फर्किनुपर्ने उनको आशय थियो ।

कार्यक्रममा पहिलो वक्ता रहेका भट्टराईले प्रधानमन्त्रीको कदमलाई सामान्य परिघटना मान्न नसकिने बताएका थिए । कार्यक्रममा उनले भने, “पुस ५ गते केपी ओलीको नेतृत्वमा जुन प्रतिगमनकारी घटना घट्यो, यो सामान्य होइन । हाम्रो विचारमा १७ सालमा राजा महेन्द्रले जुन कू गरे । २०५९ र २०६१ सालमा राजा ज्ञानेन्द्रले गरेकै हाराहारीको कू हो । संवैधानिक कू होइन, संविधानमाथिको कू हो । व्यवस्था माथिको कू हो । त्यसैले यसलाई सामान्य अर्थमा लिने गल्ती कसैले नगरौं ।”

उनले संविधान बनाउनेबेला व्यक्तिको लहडमा विघटन गर्ने अधिकार दिनु हुँदैन । यसले इलेक्टेड डिक्टेटर तयार गर्छ भनेर सोचविचार पुर्‍याईकन धारा ७६ को व्यवस्था गरिएको बताएका थिए । “यो अन्तर्राष्ट्रिय परम्पराअनुसार राख्‍न पाइन्छ भन्ने होइन । चारवटा चरण पार गरेपछि अब यो प्रतिनिधिसभाबाट सरकार बन्ने सम्भावना छैन भन्ने टुंगो भइसकेपछि बल्ल चुनावमा जाने हो । त्यसैले यो विषय संविधानसम्मत छ कि छैन ? भन्ने नै होइन,” उनको भनाइ थियो ।

त्यसपछिको वक्ताका रूपमा रहेका रिजालले भट्टराईलाई २०६९ जेठ १४ गते मध्यरातिको घटना स्मरण गराएका हुन् । उनले पहिलो संविधानसभा विघटन हुने अन्तिम क्षणसम्म पनि आफूहरूले बाटो खोज्‍न गरेको आग्रह भट्टराईले अटेर गरेको बताए ।

“भट्टराई आफ्ना भनाइ राखेर गइसक्नुभएको छ, कुरा त उहाँले थाहा पाउनुहुन्छ, अरू साथीहरू हुनुहुन्छ । पहिलो संविधानसभा विघटन हुँदा प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो,” उनले स्मरण गराउँदै भने, “नगर्नुस्, भन्नका लागि हामीहरू दौडिएर प्रधानमन्त्री कार्यालयमा पुग्यौं । संविधानसभाको म्याद थप्ने केही बाटो खोजौँ भन्यौँ । संविधान बनाउनुछ, संविधानसभाबाट एकपटक मात्रै संविधान बनाउने हो भन्ने हाम्रो आग्रह थियो । उहाँ मन्त्रिपरिषद्को बैठकमा गइसक्नुभएको रहेछ । प्रधानमन्त्रीको चेम्बरमा पुष्पकमल दाहाल प्रचण्डजी हुनुहुँदोरहेछ ।’’

उनले भट्टराईको आलोचना गर्न नभनेको तर सबैले आफूले केके गर्‍यौं भनेर सम्झिनुपर्ने बताएका थिए । “जेठको महिनादेखि चैतको महिनासम्म, खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर निर्वाचनको बाटोमा जानुभन्दा अघिसम्म मै हुँ, अर्को मानिस हुन सक्दैन, मैले नै निर्वाचन गर्ने हो, अर्कोले गर्दैन भन्दै हुनुहुन्थ्यो । हामी कांग्रेस, एमाले सँगै आन्दोलनमा गयौँ । हामीले यो बाटो ठीक छैन भन्यौँ । हामी सबैले कुन बेला केके गर्‍यौँ भनेर एकपटक सोचौँ,” उनको भनाइ थियो ।

त्यस्तै देशभक्त गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले पनि छेडखानी गर्न भ्याएका थिए । उनले राजनीतिक अधिकार प्राप्तिको आ’न्दोलन गर्ने समय सकियो भनेर बारम्बार भन्दै आएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै सडकमा आइपुगेको बताउँदै सं’घर्ष नियमित प्रक्रिया भएको र मुलुकलाई एउटा चरणमा नपुर्‍याउँदासम्म त्यो अनिवार्य रहेको बताएका थिए ।

त्यस्तै उनले संसद् वि’घटन गर्ने प्रधानमन्त्रीको कदम अदालतले सच्याइदियो भने त्यसपछि के गर्ने, आ’न्दोलन कसरी अगाडि बढ्छ त्यो पनि प्रस्ट हुनुपर्ने मत राखेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्