Logo

ट्रम्प समर्थकले संसद भवनमा गरेको हिं’सा प्रती विश्वनेताहरुको चि’न्ता


बीबीसी । अमेरिकाको राजधानी वासिङटनमा ट्रम्पको समर्थन गर्दै क्यापिटल भवन (संसद् भवन) मा जबरजस्ती प्रवेश गरिरहेको हिं’सात्मक दृश्यबारे विश्वभरका नेताहरुले प्रतिक्रिया जनाएका छन् ।

यो घटना प्रजातन्त्रमाथिको सबैभन्दा ठूलो हमला भएको बताउँदै सत्ता हस्तान्तरणको कार्य शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सबैले अपील गरेका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले यसलाई अत्यन्तै शर्मनाक घ’टना भन्दै निन्दा गरेका हुन् ।

स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरगनले पनि ती दृश्यहरु भयावह भएको प्रतिक्रिया दिएकी छन् । स्पेनका प्रधानमन्त्रीले चाहिँ आफू अझै पनि अमेरिकी प्रजातान्त्रिक शक्तिमा विश्वास गर्ने भन्दै ट्वीट गरेका छन् र जो बाइडेनको नयाँ प्रशासनले यस तनावग्रस्त माहोलबाट देशलाई बाहिर निकाल्दै अमेरिकी जनतालाई एकिकृत गर्ने बताएका हुन् ।

जर्मनीका विदेश मन्त्रीले चाहिँ ट्रम्प र उनका समर्थकहरुले चुनावको हार स्वीकार गर्नैपर्ने बताउँदै अमेरिकी मतादाताहरुलाई विश्वास गरि प्रजातन्त्रलाई कुल्चिन नदिन अपील गरेका हुन् । युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स माइकेलले पनि अमेरिकाले शक्ति हस्तान्तरण शान्तिपूर्ण ढङ्गमा हुने सुनिश्चित गर्न सक्नेमा विश्वास जनाएका हुन् ।

उता युरोपेली युनियनकी प्रमुख उर्सला भोनले चाहिँ डेमोक्रेट र बाइडेनसँग आगामी दिनहरुमा साथ काम गर्ने अपेक्षा जनाएकी छन् । नाटोका सचिव जेनेरल जेन्स स्टोल्टनबर्गले निर्वाचनको परिणामलाई सम्मान गर्न अपील गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्युले चाहिँ प्रजातन्त्रमाथि सिधा हमला भएको देखेर आफू अत्यन्तै दुःखी र निराश भएको बताएका हुन् । अष्ट्रेलियाका प्रधामन्त्री स्कट मरिसनले पनि ती हिंसात्मक दृश्यहरु भयावह रहेको भन्दै आफूले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेमा विश्वास रेहको बताएका हुन् ।

टर्कीका विदेश मन्त्रीले सबै पक्षलाई ‘कमन सेन्स’ प्रयोग गर्न भनेका हुन् । भेनेजुएला सरकारले चाहिँ हालका गतिविधि शर्मनाक र पश्चातापपूर्ण भएको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्