Logo

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम भिड्दै, पुरस्कार राशी २० लाख अमेरिकी डलर


पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनल आउँदाे जनवरी २१ देखि २४ सम्म सञ्चालन हुने भएकाे छ । च्याम्पियनशिपमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ उपाधिका लागि भिड्दै छ ।

विश्वभरका २४ टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुग्दा नेपाली पब्जीप्रेमी उत्साहित छन् । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियाे ।

चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । साे टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

तर दक्षिण एसियाबाट दोस्रो स्थान बनाउँदै ग्लोबल च्याम्पियनशिपमा प्रवेश गरेको अर्को नेपाली टोली ‘द रियल सोल्डर’ (डीआरएस) भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियाे । अंक तालिकाको २० औं स्थानमा रहेको डीआरएसले कूल ११४ अंक मात्र बटुल्न सक्याे ।

दुबईमा साे फाइनल खेल हुँदै छ । ग्लाेबल च्याम्पियनशिपकाे पुरस्कार राशी २० लाख अमेरिकी डलर अर्थात् झण्डै २३ कराेड ४४ लाख रूपैयाँ रहेकाे छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्