Logo

ओलीको कदम राजनीतिक अ’रा’जकता र वि’कृतिको नां’गो रुप : रवीन्द्र मिश्र


विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सभामुख अग्‍निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताएका छन् । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताउँदै उनले सर्वोच्च अदालतले संसद् विघटन उल्टाइदिए सुखद हुने बताए ।

“प्रधानमन्त्रीले संविधान कुल्चिएर विघटन गर्नुभएको छ । साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता भएको हो भने संसद् विघटनको सिफारिस दिउँसो भएको छ । प्रधानमन्त्रीले संसद् कुल्चिएको अवस्थामा म संविधानको पालना गर्छु । प्रतिनिधिसभाको अविश्वासको प्रस्तावमाथि छलफल गराउन चाहन्छु भनेर सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ,’’ मिश्रले भने ।

उनले संसद् विघटन संविधानमाथिको ‘कू’ भएको बताउँदै प्रतिपक्षी नेपाली कांग्रेसमा किन दुई मत भन्दै प्रश्न पनि गरे । निर्वाचनमै जाने भए पूर्वराजाले घोषणा गरेको निर्वाचनमा किन सहभागी नबनेको भन्दै प्रश्न पनि गरे ।

“यदि लोकतन्त्रमा फेस गर्ने मतदाता नै हो भने पूर्वराजाले बोलाएको निर्वाचनमा भाग लिएको भए भइहाल्थ्यो नि,’’ उनले भने । मिश्रले प्रचण्ड, माधव नेपाल, जनता समाजवादीले असंवैधानिक रुपमा बोलाइएको निर्वाचनमा भाग नलिने भन्न सक्नुपर्ने बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्