Logo

ज्ञानबहादुर राईको अध्यक्षतामा किरात बायुङ राई सुम्निखिम संस्था दर्ता


किरात बायुङ राई सुम्निखिम संस्था दर्ता भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा यही २०७७ पुस २० गते दर्ता भएको हो ।

देश–विदेशमा छरिएर रहेका किरात बायुङ राईहरू इतिहास, भाषा, साहित्य, मुन्धुम संस्कृति, संस्कार, परम्पराको जगेर्ना तथा सामाजिक जागरणका निम्ति संस्था गठन गरिएको जनाइएको छ ।

किरात राई जातिभित्र २८ भन्दा बढी भाषा समूह रहेका छन् । त्यसमा बायुङ राई एक हो । बायुङ राईलाई बाहिङ भनेर पनि चिनिन्छ ।

सम्बन्धित समुदायले आफूलाई बायुङ राई भन्दै आएकाले सोहीअनुसार संस्था गठन गरेको जनाइएको छ । २०६८ सालको जनगणनामा बाहिङ भाषा बोल्नेको संख्या ११ हजार ६ सय ५८ रहेको छ ।

ज्ञानबहादुर राईको अध्यक्षतामा दर्ता प्राप्त किरात बायुङ राई सुम्निखिम ११ सदस्यीय कार्यसमिति रहेको छ ।

जसमा दुई उपाध्यक्षमा गजिन्द्रबहादुर राई र उपाध्यक्ष दिपककुमार राई, महासचिव युवराज राई, सचिव भक्तबहादुर राई र कोषाध्यक्ष पार्वती राई तथा सदस्यहरूमा डम्बरसिं राई, मेजना राई, बिनायक राई, भिकुमारी राई र अनिसा राई रहेका छन् ।

यसअघि २०६१ सालमा गठित बाहिङ किरात मुलुखिम नामक संस्था समेत रहेको छ । उक्त संस्थाले बाहिङ छुट्टै किरात जाति भनेकाले बाध्यताले बायुङ राई संस्था जन्माइएको हो ।

‘बाहिङ र बायुङबीच प्रतिस्पर्धा गर्न होइन, पुर्खाले आर्जेको इतिहास, बीरता, विरासत थाम्नको लागि गठन गरेका हौं,’ अध्यक्ष ज्ञानबहादुर बायुङ भन्छन्, ‘भिसी अगमसिंह राई बायुङ हुनुहुन्थ्यो । नेपालका राजनीतिक क्रान्तियोद्धा पूर्वमन्त्री बलबहादुर राई लगायत बायुङ राई कुलका इतिहास पुरुषहरूको योगदानलाई स्वामित्व लिने र विरासत कायम राख्नकै निम्ति यो संस्था जन्माउन बाध्य भएका हौं ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्