मुलुकमा निम्तिएको सं’कटविरुद्ध एकजुट भएर ल’ड्नु पर्छ : मोहनविक्रम सिंह

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनविरुद्धको आन्दो’लनमा हातेमालो गर्न तयार रहेको बताएका छन् । संसद् विघटनविरु’द्ध नेकपाले इन्द्रेणी फुडल्यान्डमा आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा उनले आफ्नो पार्टी संयुक्त आ’न्दोलन जान तयार रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध एकजुट हुनुपर्ने उनको भनाइ छ । “हाम्रो स्पष्ट धारणा छ ओलीको संवैधानिक, प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दो’लनमा हाम्रो साथ रहन्छ,’’ उनले भने ।
महामन्त्री सिंहले व्यक्तिको नि’हित स्वा’र्थमा उठाइएको कदम खारेजयोग्य रहेको पनि बताए । मुलुकमा निम्तिएको सं’कटविरुद्ध एकजुट भएर लड्नुपर्ने उनको भनाइ थियो ।