Logo

स्कटल्यान्डमा ट्रम्पलाई प्रवेशमा नि’षेध


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्य विदेशी यात्री जसरी नै स्कटल्यान्डमा प्रवेश गर्नबाट रोक लगाइने भएको छ । कोरोना भाइरससँग सम्बन्धित नियमका कारण अत्यावश्यकबाहेक कामका लागि कोही पनि विदेशीलाई देश भित्रिन नि’षेध गरिएको स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरजनले मंगलबार जानकारी दिएकी हुन् ।

नयाँ राष्ट्रपति निर्वाचित भएका जो बाइडेनको आगामी जनवरी २० मा हुने ह्‌वाइट हाउस प्रवेश कार्यक्रमका बेलामा ट्रम्पले स्कटल्यान्डस्थित आफ्नो गल्फ कोर्स भ्रमण गर्ने योजना बनाइरहेको यतिबेला बढ्दो आशंका रहेको छ ।

तर स्कटल्यान्डमा भने सोमबारदेखि जनवरीभरका लागि झन् कडा लकडाउन जारी गरिएको छ । यसअन्तर्गत अति आवश्यक कामबाहेक सबै बासिन्दालाई घरमै बस्न निर्देशन दिइएको हो ।

स्टरजनले भनेकी छन्, “डोनाल्ड ट्रम्पको भ्रमण योजनाबारे मलाई केही खबर छैन । हामीले अति आवश्यक काम भएको अवस्थाबाहेक कसैलाई पनि स्कटल्यान्ड प्रवेश गर्न अनुमति दिएका छैनौँ र यो नियम बाँकी सबैलाई जसरी उनीमाथि पनि लागु हुनेछ । गल्फ खेल्न आउनु मलाई कुनै हिसाबमा अत्यावश्यक काम जस्तो लाग्दैन ।”

सीएनएन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्