Logo

संविधान बनाएको संविधान सभाको नेता सुवास नेम्वाङले त संविधानको पक्षमा उभिने साहस गर्नुपर्ने हो ? : गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको नि’रिहता देखेर दया लागेको बताएका छन्। संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा अ’संवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको भनाइ छ।

‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,’ थापाले बुधबार बिहान ट्वीट गर्दै भनेका छन्।

यस्तो सं’कटका बेला तत्कालीन संविधान सभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम अ’संवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापा बताउँछन्। ‘मलाई लागेको थियो यो सं’कटमा मेरो अध्यक्षले अदालतमै उभिएर-श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ,’ थापाले भनेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ। प्रश्नबाट भाग्नुभएको छ। आफैँले बनाएको संविधानमा ”कू” हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्नुपर्ने उनले बताए।‘मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ,’ थापाले भनेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम अ’संवैधानिक भन्दै कांग्रेसले विरोध गरिरहेको छ। यसबारे ओली निकट रहेका नेता नेम्वाङले प्रष्टसँग बोलेका छैनन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्