परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जादै

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो भारत भ्रमण जनवरी महिनाभित्रै हुने बताएका छन्। मंगलबार साँझ संक्षिप्त कुरा गर्दै ज्ञवालीले आफू छिट्टै भारत जान लागेको भए पनि मिति तय भइनसकेको बताए।
केही भारतीय सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै उनी जनवरी १४ मा नयाँदिल्ली जाने समाचार प्रकाशन गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा ज्ञवाली नयाँदिल्ली जान लागेका हुन्।
कालापानी, लिपुलेकका विषयमा नेपाल र भारतबीच तिक्तता बढेपछि पछिल्लो एक वर्षमा नेपालबाट भारतमा उच्चस्तरीय भ्रमण भएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेपछि बढेको राजनीतिक सं’कटबीच परराष्ट्र मन्त्री ज्ञवालीले भारत भ्रमण गर्न लागेका हुन्।