Logo

अदालतबाट संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन्।अदालतमा भएका मु’द्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको भन्दै उनले आफूहरू मु’द्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न मिल्ने तर्क गरेका छन्।

‘मोही माग्ने ढुङ्ग्रो लुकाउनेजस्तो गर्नु हुँदैन,’ जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रियामा पौडेलले भने, ‘प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक छ, अलोकतान्त्रिक छ। संविधानअनुसार यसो गर्न मिल्दैन। यो कुरा सिधा अदालतलाई भन्नुपर्छ।’

राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरिएको पौडेलको भनाइ छ।‘अब न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनर्स्थापना हुन्छ भने आशा छ,’ उनले भने, ‘संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ।’

उनले अदालतमा यसबारे मु’द्दा रहे पनि फैसला हुनुभन्दा अगाडि बोल्न मिल्ने बताएका छन्। उनले प्रधानमन्त्री ओलीले जवरजस्ती गरेकोले त्यो लोकतन्त्रमा मान्न नहुने बताए। प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्