Logo

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अ’स्वीकार गर्न माग गर्दै वि’रोधको सूचना पेस


राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै वि’रोधको सूचना पेस गरेका छन् । संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले बिडारीले वि’रोधको सूचना पेस गरेको जानकारी दिए ।

कुनै अध्यादेश पेस भएपछि सो अस्वीकार गरियोस् भनी राष्ट्रियसभा सदस्यहरुले वि’रोधको सूचना पेस गर्न पाउने  व्यवस्था छ । सोहीअनुसार बिडारीले वि’रोधको सूचना पेस गरेका हुन् ।  मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा सरकारले सो अध्यादेश सभामा पेस गरेको थियो ।

राष्ट्रियसभा सदस्य बिडारीले ‘संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्त्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति-पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्त्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमै प्रहार हुने भएकाले राष्ट्रियसभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव’ पेस गरेका हुन् ।

संवैधानिक परिषद् बैठकमा कोरम नपुगेपछि सरकारले तत्काल बहालमध्येको बहुमतले बैठक बस्न र निर्णय गर्नए सक्नेगरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशअनुसार विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको सिफारिससमेत भएका छन् । अध्यादेश खारेजी र नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट विचाराधीन अवस्थामै छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्