Logo

अनेरास्ववियूको दोस्रो चरणको आ’न्दोलनको घोषणा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आ’न्दोलनका कार्यक्रम घोषणा गरेको छ ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो ।

अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई का’लो झन्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ ।

पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकाल्ने, उपत्यकाबाहिर लाल्टिन, सिट्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापीरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने, पुस २४ गते सीडीयो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाढा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजलवाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक्नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । संघीय संसद्बाट सर्वसम्मतरुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न दबाब दिने सहसंयोजक तामाङले बताए ।

उनले कक्षा–११ को पाठ्यक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आ’न्दोलन गर्ने बताए ।

सहसंयोजक तामाङले प्रतिनिधिसभा पुनःस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियूले अझै सशक्त कार्यक्रम गर्ने बताए । माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्