Logo

प्रधानमन्त्री हुने भए निर्वाचनमा आउनुस् : गृहमन्त्री बादल


गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुने चाहना भए निर्वाचनमा आउन चुनौती दिएका छन् ।

आज (सोमबार) चितवनको भरतपुर आयोजित केपी शर्मा ओली समूहको अगुवा कार्यकर्ता भेलामा उनले प्रचण्डलाई हिम्मत भए जनताको बीचमा गएर, मन जितेर प्रधानमन्त्री बन्न चुनौती दिएका हुन् ।

“उहाँ प्रधानमन्त्री हुन चाहनुहुन्थो अनेक ष’ड्यन्त्र जालझेल गरेर, हामीले सदन नै विघटन गरिदिएपछि त्यो त सकियो,’’ उनले भने, अब प्रधानमन्त्री हुने हो भने आउनुस् वर्ग संघर्षमा जानुस्, जनताको बीचमा जानुस्, जनताको जनमत लिनुस् तपाईं ।’’ उनले पुरानो संसद्‌बाट अब प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने भन्दै संसद् विघटन गरेर प्रचण्डलाई अवसर दिइएको बताएका छन् ।

“तपाईंलाई यो अवसर हो, हामीले तपाईंको माग पूरा गर्दियौं, मध्यावधि निर्वाचनमा आउनुहोस्, तपाईं किन चुनावबाट भाग्दै हुनुहुन्छ,’’ उनले भने, ‘‘तपाईं संसद् पुनर्स्थापना होस् भन्नुहुन्छ, पुरानो संसद्‌ले तपाईंलाई प्रधानमन्त्री बनाउन सक्दैन, अब नयाँ संसद्‌ले मात्र तपाईंलाई प्रधानमन्त्री बनाउन सक्छ । त्यसकारण तपाईं मध्यावधि निर्वाचनमा आउनुहोस्, हामीले तपाईंलाई निमन्त्रणा दिएका हौं ।’’

उनले प्रचण्डलाई पार्टीको अध्यक्ष बन्न मन भए महाधिवेशनमा जान पनि चुनौती दिएका छन् । “तपाईंलाई पार्टीको अध्यक्ष बन्न मन भए महाधिवेशनमा जानुस्, ल’ड्नुस्, संघर्ष गर्नुस् कार्यकर्ताको मन जित्नुहोस्, विश्वास जित्नुस्,’’ उनले भने, ‘‘यसरी मात्र पार्टीले तपाईंलाई अध्यक्ष बनाउँछ ।’’ सही विचार, नीति र देशभक्तलाई मात्र जनताले प्रधानमन्त्री र पार्टीले अध्यक्ष बनाउने उनको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्