Logo

केपी ओलीले देशलाई गृ’हयु’द्धमा ध’केले : कृष्ण पहाडी


मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृ’हयु’द्धमा धकेलेको टिप्पणी गरेका छन् । काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा मानवअधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृ’हयु’द्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् ।

लामो सं’घर्षपछि प्राप्त उपलब्धिहरुलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको उनले बताए । संसद्‌मा अविश्वास प्रस्ताव आउँदै छ भन्ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसद्‌को प्राण ह’रण गरेको पनि उनको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटकपटक गै’रसंवैधानिक कार्यको सिलसिलालाई प्रारम्भ गरेको पनि पहाडीले आरोप लगाए । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने उनले बताए ।

नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरुले अहिले संविधानको रक्षाका लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरुले संविधानको पाना च्यात्ने काम गरेको पनि उनले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्