Logo

प्रचण्ड-माधव सँग आ’न्दोलनका लागि तत्काल सहकार्य नहुने कांग्रेसको ठहर


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीविरुद्ध आ’न्दोलन गरिरहेको प्रचण्ड-माधव समूहलाई अझै सत्तापक्ष भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध थप आ’न्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले त्यही कारण नेकपाको प्रचण्ड-माधव समूहसँग सहकार्य नगर्ने भएको हो ।

नेकपाको प्रचण्ड–माधव समुहले दोस्रो चरणको आ’न्दोलनका कार्यक्रम घोषणा गरेको भोलिपल्ट तीन चरणका आ’न्दोलन घोषणा गरेको कांग्रेसले अरु दलसँगको सहकार्य तत्काल नहुने पनि जनाऊ दिएको छ । “हामीले सर्वदलीय बैठकबाट गएको ६ गते नै प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्ने साझा धारणा निर्माण गरेका छौ,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “अहिले हामीले आफ्नै निर्णयबाट आफ्नै झन्डामा आ’न्दोलनमा जाने निर्णय गरेका छौं ।” उनले अन्य दलसँगको सहकार्यको विषयमा भने आवश्यकताका आधारमा छुट्टै छलफल हुने बताए ।

कांग्रेसभित्र आन्दोलनमा सहकार्य गर्नेनगर्ने विषयमा औपचारिक निर्णय त भएको छैन । तर, केन्द्रीय सदस्यहरूले राखेको धारणा हेर्दा तत्काल सहकार्यको सम्भावना देखिँदैन । केन्द्रीय सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी विभाजित नभएको खाली समूहगत असन्तुष्टि मात्र सार्वजनिक भएको भन्दै उनीहरूसँग सहकार्यको सम्भाना तत्कालका लागि नभएको बताउँछन् ।

कांग्रेस नेता गगन थापाका अनुसार नेकपाभित्र दुई समूह भए पनि कांग्रेसको नजरमा र कानुनी रुपमा नेकपा एउटै दल हो । त्यही कारण उनी नेकपाका कुनै पनि समुहसँग यही अवस्थामा सहकार्यको सम्भावना देखिरहेका छैनन् ।

“प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको संवैधानिक अपराध हो र लोकतन्त्रविरोधी हर्कत हो, भने यो सरकारको असफलता नेकपाको पनि असफलता हो,” कांग्रेस केन्द्रीय सदस्य गगन थापाले भने, “त्यसैले सत्तामा रहेका पार्टीसँग सरकारकै विरुद्ध प्रतिपक्षमा रहेको कांग्रेसले सहकार्य गर्दैन ।”

कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । गत १३ गते पहिलो चरणको घोषणा गरेको कांग्रेसले दोस्रो चरणको आन्दोलन तीन तहमा गर्न लागेको छ ।

आगामी २५ गते देशभरका तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको कांग्रेसले पुस ३ गते ७५३ पालिकामा र पुस ८ गते ७५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शनको घोषणा गरेको छ ।

“कांग्रेसले पार्टीका जिल्ला समिति र भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पनि आवश्यकताअनुसार आ’न्दोलनका कार्यक्रम घोषणा र सञ्‍चालन गर्न सक्ने अधिकार दिएको छ,” प्रवक्ता शर्माले भने ।

असन्तुष्ट पक्ष आ’न्दोलन घोषणाले उत्साही
आ’न्दोलन घोषणापछि कांग्रेसभित्रको असन्तुष्ट पक्ष पनि उत्साही देखिएको छ । आ’न्दोलनमा जाने विषयमा संस्थापनले अलमल गरेको भन्दै असन्तुष्टि जनाइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आ’न्दोलनमा जाने र जनतालाई वास्तविकता बचाउँदै संविधानको रक्षा गर्ने भएको भन्दै आ’न्दोलनको घोषणाले पार्टी जीवनलाई सकारात्मक प्रभाव दिने बताएको छ ।

वरिष्ठ नेता पौडेल आ’न्दोलनमा जाने निर्णय भइसकेपछि अन्य दलले पनि सहकार्य गर्न चाहे उनीहरू आ’न्दोलनमा आउन सक्ने बताए ।

“अब हामी असंवैधानिक रुपमा संविधान सिध्याउने प्रधानमन्त्रीको कदमविरुद्ध आ’न्दोलनमा होमियौं,” वरिष्ठ नेता पौडेलले भने, “अब आ’न्दोलनमा हामीसँग क-कसले सहकार्य गर्न चाहन्छन्, हामी नआऊ भन्दैनौं ।” उनले पार्टीले सही निर्णय गरेको भन्दै अब आ’न्दोलनकै दबाबमा असंवैधानिक कदम सच्याउने दाबी गरे ।

२०७५ कात्तिक २० गते विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिले अन्य दलबाट आएका नेता कार्यकर्ता समायोजन समितिले कसलाई कुन कार्यसमितिमा समायोजन गर्ने भनेर रिपोर्ट प्रस्तुत गरेको छ । उपभापति निधिको नेतृत्वमा उपसभापति विजयकुमार गच्छदार, प्रकाशरण महत, महेश आचार्य र दीपक गिरी रहेको समितिले सर्वसम्मत निर्णयबाट बुझाएको प्रतिवेदन केन्द्रीय समितिले अनुमोदन गरेको छ । ‘‘योसँगै पार्टी समायोजको काम टुंगो लागेको छ,’’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्